झापामा तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता जारी

एविसि खबर
झापा ३ वैशाख । झापाको धाईजनमा भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघं र त्रिभूवन आर्मी क्लब सेमीफाइनलमा पुगेको छ । समुह क बाट नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको(एपीएफ) तथा समुह खबाट पश्चिमाञ्चल र आर्मीले अन्तीम चारमा स्थान बनायो । नेपाल पुलिसले आफ्नो समुहको दुई खेलमा नै सहज जित हात पार्दै ६ अकं तथा एपीएफले पनि सबै खेलमा जित दर्ता गर्दा समान ६ अकं नै जोडेको थियो ।

सुमह खबाट आर्मीले खेल दुई खेलमा नै जित हात पार्दै ६ अकं जोड्यो । सोही समुहबाट पश्चिमाञ्चलले समान २ खेलबाट ५ अकं मात्रै जोड्यो । नेपाल भलिबल सघं र विहानी बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा भएको खेलमा पश्चिमाञ्चलले आफ्नो समुहको एक खेलमा दुई सेट गुमाउदै एक अकं गुमाएको थियो । धाइजन मोडको भलिबल कोर्टमा भएको पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई पहिलो सेट २६–२४, दोस्रो २५–२१ र तेस्रो सेट २५–१६ ले हराउदै लगातार दुई जित हात पा¥यो । दोस्रो खेलमा पश्चिमाञ्चलले पुर्वाञ्चललाई ३¬–२ को सेटमा हरायो । पश्चिमाञ्चलले पुर्वाञ्चलविरुद्ध पहिलो सेट २५–१८,दोस्रो २५–९,तेस्रो १२–२५,चौथो २३–२५ र अन्तीम सेटमा १५–१० ले आफ्नो पक्षमा पा¥यो । एपीएफले ढोरपाटन स्पोट्र्स ट्रनिङ सेन्टरलाई पहिलो सेट २५–१३, दोस्रो २५–१२ र तेस्रो २५–१९ तथा आर्मीले मध्यमाञ्चलाई पहिलो सेट २५–१३,दोस्रो २५–१४ र तेस्रो सेट २५–२१ ले हरायो ।

त्यस्तै एपीएफले शुक्रबार भएको आफ्नो दोस्रो खेल अन्र्तगत जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई पहिलो सेट २५–११,दोस्रो २५–१४ र निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेटमा पनि २५–२३ को सघंर्ष पुर्ण तरिकाले आफ्नो पक्षमा पार्दै दोस्रो जित हात पा¥यो । दोस्रो दिन भएको अन्तीम खेलमा त्रिभूवन आर्मीले पुर्वाञ्चलाई ३–० को सोझो सेटम हरायो । आर्मीले पुर्वाञ्चलाई पहिलो सेट २५–१२,दोस्रो २५–१२ र तेस्रो सेट २५– ले आफ्नो पक्षमा पार्दै लगातार दुई जित हात पा¥यो । यसअघि चार खेल अगाबै सेमिफाइनलमा पुग्ने टोली टुंगो लागेपनि समहु विजेता र उपविजेता शनिबार मात्रै टुगों लाग्ने नेपाल भलिबल सघंका सदस्य लेखनाथ पराजुलीले बताए । कुल चार दिनसम्म हुने प्रतियोगिता ५ बैशाखसम्म हुनेछ । प्रतियोगिता तीन विभागीय टिम सशस्त्र प्रहरी बलको(एपीएफ),नेपाल पुलिस,नेपाल आर्मी,ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र,जावलाखेल भलिबल प्रशिक्षण केन्द्र,पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघं,मध्यमाञ्चल क्षेत्रिय भलिबल सघं र पुर्वाञ्चल क्षेत्रिय भलिबल सघंले प्रतिस्पर्धा गर्दैछन् । लिग विजेता ३ लाख १५ हजार,उपविजेता १ लाख ५७ हजार र तेस्रोलाई १ लाख १० हजार नगद पुरस्कार र ट्रफि प्राप्त गर्नेछन् । सर्बात्कृष्ट खेलाडीले २५ हजार, विधागत उत्कृष्टले समान ५–५ हजार नगद पुरस्कार ट्रफि मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गत सस्करणमा विजेता पुलिसले उपाधी हात पारेको थियो । दोस्रो सस्करण भने पोखरामा सञ्चालन भएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment