यौन धन्दामा संलग्न कारागार चलान

एविसि खबर

तनहुँ, ३ वैशाख । यौनधन्दामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामध्ये दुई जनाले धरौटी रकम बुझाउन नसकेकाले उनीहरूलाई बिहिबार कारागार चलान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेशकुमार श्रेष्ठकाअनुसार पक्राउ परेका चार जनामध्ये दुई जनाले जनही पाँच हजारका दरले धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । गत चैतमा दमौलीस्थित विश्वास, ममता, छाब्दीलगायत होटलमा प्रहरीले छापा मार्दा त्यस होटलबाट यौनोउत्तेजक पदार्थ तथा गर्भनिरोधात्मक सामग्रीसहित पक्राउ परेका अन्यलाई अनुसन्धानपश्चात छाडिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश सिहंले जानकारी दिए ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment