मदरसालाई कम्प्युटर प्रदान

समाचार

एविसि खबर
मोरङ, १ वैशाख । उर्लाबारी नगरपालिकाले मङ्गलबार उर्लाबारीस्थित मदरसालाई कम्प्युटरसहितका सामग्री प्रदान गरेको छ ।

नगरपालिकाको लक्ष्यित वर्ग अन्तर्गतको बजेटबाट उर्लाबारी–४ स्थित मदरसा तजबिजुल कुर्वानलाई करिब ७० हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले मदरसाका अध्यक्ष असहाव आलम ठकुराईलाई ती सामग्री हस्तान्तरण गरिएको थियो । मदरसामा करिब सय जना मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् ।

Facebook Comments

Leave a Reply