तालवेशीमा चैते दशैं मेला

समाचार

एविसि खबर

पोखरा, १ वैशाख । संगम युवा क्लब हंशपुरले आगामी वैशाख ३ र ४ गते लेखनाथको उपल्लो तालवेशीमा चैते दशैं मेला गर्ने भएको छ । मेलामा भलिबल, लोकगीत, छेलो हान्ने, झाँकी र भाले जुधाइ जस्ता प्रतियोगिता गरिने कार्यक्रम संयोजक तारानाथ सुवेदीले बताए ।

भलिबल प्रतियोगिताका विजेतालाई ३० हजार रुपैयाँ र उपविजेतालाई २० हजार रुपैयाँ तथा शिल्ड प्रदान गरिनेछ ।

मेलामा स्वास्थ्य तथा आयुर्वेदिक, कृषि तथा पशु परामर्श सेवाका साथै उन्नत जातका पाठापाठी र माउ बाख्रा पनि प्रदर्शनी गरिने छ । राष्ट्रिय स्तरका कलाकारहरूबाट हास्यव्यङ्ग्य तथा गायन प्रस्तुतिका साथै साँझ सांस्कृतिक कार्यक्रम गरिने छ ।

Facebook Comments

Leave a Reply