एविसि खबर डटकमको नयाँ वर्ष २०७३ विशेष

अरुणिमा, बिचार

हाम्रो मत

कोही बेपर्बाह सुतिरहन्छ भने उसलाई झक्झ्क्याएर उठाउने गर्छ कविताले । कोही बाटो भुलेर या जानी जानी बाटो मोडेर अलमलिन खोज्छ भने उस्लाई सहि बाटोको लागि मार्ग प्रसस्त गर्छ कविताले । जनता र देशका बिरुद्दमा प्रयोग हुने सत्ता र शक्तीको खिलाफमा प्रयोग हुने गतिलो अस्त्र बाण पनि  कविता नै हो ।

यसर्थ कविताले कोही कसैलाई पनि रोमको निरो बनिरहन दिँदैन । कवी बिमल निभाकै शब्द आशयमा भन्दा शब्दहरु ‘सजिव गोली ’ हुन । शब्दहरु आँफैमा तागतिला अस्त्र त हुँदै हुन त्यसमाथी पनि जब शब्दहरु उनिएर कविताको आकार बन्छ त्यो झनै शक्तिशाली सशस्त्र मोर्चाको बारुद बन्छ । यसो भनौ वर्गविहिन, समता र न्यायमुलक समाज निर्माणमा अहम भूमिका रहेको हुन्छ कविताको । त्यसैले त कविता साहित्यका बिबिध बिधाहरु मध्यकै शक्तिशाली र सुन्दर बिधा हो । यो उत्तिकै प्राज्ञिक बिधा भित्र पनि पर्दछ । आफु उभेको समाज र समयको प्रस्ट रुप र सारलाई उतारेका हुन्छन कविहरुले आफ्नो कविताहरुमा ।

यसैले समाज परिर्वतन तथा साँस्कृतिक रुपान्तरणका लागि जागरण भर्ने प्रमुख संवाहकको रुपमा कवितालाई मानिन्छ । समाजमा देखिएका अनगिन्ती विकृति विसंगतीको विरूद्व धावा बोल्ने भएकैले शासकहरुको निम्ती कविता विषै बन्न पुग्छ ।

यसवर्ष ०७३ सालको सुरुवातमा एविसि खबर डटकमको साहित्यीक पेजलाई कविताबाट सुरु गरौं, भन्ने हाम्रो सोचाइ अनुरुप नेपाली साहित्यको बजारमा आएका केही कविता संग्रहहरुबाटै केही कविताहरु राखेका छौं । बिभिन्न कारणले पाठक सम्म पुग्न नसकेका तर समाज रुपान्तरणका लागि पढ्नै पर्ने कालजायी त्यस्ता कविताहरुलाई निम्न संग्रहबाट सभार गरिएको छ :-

१, तपस्विका गीतहरु , आहुती , २०६० बैशाख (दोस्रो संस्करण ), प्रगती पुस्तक सदन काठमाडौं
२, करङको हिरासत ,हाङ्युग अज्ञात , २०७१, भदौ (दोस्रो संस्करण) , फिनिक्स बुक्स काठमाडौं, नेपाल
३, घाइते व्हिल्चेयर, बिष्णु भण्डारी, २०६९ , शैलवी प्रकाशन
४, प्रश्नहरुको कारखाना, सरिता तिवारी , २०७२ मंसिर , संग्रिला पुस्तक प्रा. लि., काठमाडौं,
५, मनसरा, निभा शाह, २०७२ असोज, शुसिला शाह

लेखकीय अभिव्यक्ति र सर्जकहरुको उच्च कदर गर्दै हाम्रा शुभचिन्तकहरुका लागि लाख लाख शुभकामना ।

एविसि खबर / किरात नाकारा

Facebook Comments

Leave a Reply