हार्दिक शुभकामना

सूरुवातमा हर्षोल्लास लिएर आएको ०७२ साल भर्खरै हिजोबाट सकिएको छ । आउँदा हर्षोल्लास, उमंग र नया जोश सहित प्रवेश गरेको ०७२ सालको सबै उमंग वैसाख १२ गते गएको विनाशकारी भूकम्पसँगै चकनाचुर बन्न पुग्यो । जसले सबै हर्षोल्लास उमंग र खुशीहरु खोसिए । प्रारम्भ यसरी भयो अन्त सम्मपनि छाडेन ।

भूकम्पले त्राहीमाम बनायो करिब यो वर्षभरी कतिको घरबार विहिन बनायो, आफन्त लुटायो, भोक रोग शोक बोकायो जस्का कारण मानिसमा अशान्ति र असमझदारीको विकास भयो । देशमा मात्र होइन जहाँजहाँ नेपाली बसे उनीहरु सबैलाई शोकमा डुबायो ।

यो घटना सँगै सुरुभएको अनिष्टतामा छिमेकी मूलुकले समेत आँखा लगायो र लामो समय नाकाबन्दी गरेर थप नेपाली नागरिकलाई शास्ति खेपायो । संविधान निर्माणको नाममा असन्तुष्टी व्यक्त ग¥यो । प्रत्यक्ष नेपाली जनतालाई फेरीपनि दासीको रुपमा व्यवहार ग¥यो । यो ०७२ को पिडा हो । हवाई दुर्घटना, सडक दुर्घटना जस्ता अनगिन्ती दुर्घटनाहरुले नेपाली जनतामा त्राहीमाम हुनु पर्ने अवस्था यो वर्षभरी चलिनै रहयो । र अन्तीम दिनमा समेत भयानक सडक दुर्घटनासँगै ०७२ सालको अन्त्य भएको छ ।

दुखद वर्षका रुपमा रहेको ०७२ साल पछि लागेको नयाँवर्ष अब साँच्चैको नया हुनुपर्छ । रोग भोग शोकले प्रताडित आत्मलाई शान्ति मिल्ने किसिमको हुनुपर्छ । नया वर्षसँगै हरेक नेपाली नागरिकमा मिल्न बाँकी र मिलाइन बाँकी सम्पुर्ण अवयवहरु मिलाउदै जाने वातावरण निर्माण हुनुपर्छ ।

नमिलेका विकास निर्माणको काम, राजनीतिक पद्वती र विकासको काम सबै सबै कामहरुलाई सुरक्षित तथा सबैको भावनालाई समेटदै उपलब्धी मूलक निष्कर्शमा पु¥याउने लाख प्रयत्न हुन आवश्यक छ ।

यसकालागी हामी सम्पुर्ण नेपाली नागरिक, राजीनितकर्मी, पेशाकर्मी, समाजसेवी, बुद्वीजिवि सबैमा नयावर्ष २०७३ सालको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

एविसि खबर डटकम

एवंम
किरात मिडिया एण्ड कम्युनिकेशन प्रा.ली

Facebook Comments

सम्बन्धित

Leave a Comment