फलो अप: खोटाङमा गाडी दुर्घटना

समाचार

खोटाङमा जिल्लाको सदरमुकाम बाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक वस अर्खौले गाविस बर्खेटारमा दुर्घटना भएको छ । दिक्तेलबाट काठमाडौं तर्फ आउँदै गरेको ६३७३ नम्बरको यात्रुबाहक वस भिरबाट खस्दा १५ जनाको घटना स्थलमै मृत्यु भएको त्यहाँबाट पत्रकार महासंघका अध्यक्ष दमनराईले जानकारी दिएका छन् ।

दिक्तेलबाट १८ जना र हुर्लुुङबाट १० जना यात्रुको चलानी लिएर खाल्लेली गोपाल श्रेष्ठको गाडी दुर्घटनामा परेको हो । मृत्युहुनेहरुको सनाखत हुन सकेको छैन । । सडकको किनारा बाट गाडी निकै तल खसेका कारण सवार यात्रुहरुको अवस्था नाजुक रहेको बुझीएको छ । हाल त्यहाँ स्थानीय नागरिक तथा अर्खौले र हलेसीबाट गएको प्रहरी टोलिले उद्वार गरिरहेको छ । भने सदरमुकाम दिक्तेलबाट थप सुरक्षाकर्मी र उद्वार टोलि घटना स्थल तर्फ लागी सकेको छ ।

बृस्तित खबर आउन बाँकी रहेको छ ।

Facebook Comments

Leave a Reply