इटहरीको एलिले पाइन सहयोग

समाज

एविसि खबर
काठमाडौ, ३० चैत । सुनसरीको इटहरीस्थित पिपुल्स मल्टिपल कलेजमा स्टाफ नर्स अध्ययनरत बिद्यार्थी एली तामाङले दयालु मनभएका दुई नेपाली चेलिबाट आर्थिक सहयोग प्राप्त गरेकी छन् । एलिले रकम अभावका कारण आफुले पढेको कलेजबाट चारित्रिक प्रमाण पत्र लिनबाट बञ्चित भएकी थिइन् । कलेजले प्रमाण पत्र नदिएपछि उनले नर्सिङ परिषदको परिक्षा नै दिन नपाएको समाचार बाहिर आएपछि वैदेशिक रोजगारमा रहेका शरिन ख्युङबा तामाङ र कविता सिन्जापति मगरले कलेजको बाँकी शुल्क तिरिदन रकम सहयो गरेका हुन् ।

12992857_10207885567234649_1549844745_nरोजगारको शिलसिलामा इजराइलमा रहेकी शरिन ख्युङबा तामाङ र हङकङमा कार्यरत कविता सिन्जापति मगरद्वारा प्रतिबद्दता गरे अनुसार ३ लाख ८९ हजार १ सय ८० रुपैयाँ सहयोग गरेका हुन् । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेद्वारा विद्यार्थी एली तामाङ र उनका बुबा लालबहादुर तामाङलाई सोमबार उक्त रकम जम्मा गरेको बैक भौचर हस्तान्तरण गरिएको छ ।

sarin aliसहयोग दाता शरिन सर्लाही जिल्ला मूर्तीया निवासी हुन् भने कविता रुपन्देही जिल्ला बुटबलका हुन् । दुइजनाले मिलेर एलिलाई भविष्यमा कुसल स्वास्थ्यकर्मी बन्न प्रेरित गर्न आर्थिक सहयोग गरेको बताएकी छन् । साथमा विभिन्न अनलाइन समाचारहरुलाई पनि विशेष धन्यवाद दिंदै एलिको उज्यालो भबिस्यको कामना समेत इजरायलबाट शरिनले गरेकी छन् । उक्त रकम नेपालमा रहेर व्यवस्थापन, संयोजनको भुमिका तामाङ भाषाविद अमृत योन्जनले गरेका थिए ।

Facebook Comments

Leave a Reply