नयावर्ष सँगै सरस्वती स्टेजमा व्यस्त (भिडियो सहित)

एविसि खबर
काठमाडौं, २९ चैत । नयावर्ष आउँदै गर्दा नेपाली कलाकारहरुको व्यस्तता बढ्दै गएको छ । नेपाली संगीतमा छुट्टै परिचय बनाउन प्रयत्नरत गायीका सरस्वती लामा भुजेल अहिले व्यस्त बनेकी छन् । उनको पहिलो एल्वम ‘उत्तर–पूर्व’ मा रहेको फरक प्याटनका गीतका कारणपनि उनी अहिले व्यस्त रहेको बताएकी छन् । रकपप् गायनमा आफुलाई स्थापित गर्ने गरि प्याटन बनाएकी उनको ‘उडी जाने हावाले’ बोलको गीत करिब दुइलाख जनाले युट्युब च्यानल हेरिएको बताइन् । गीत सार्वजनिक गरेको छोटो समयमा आफ्नो गीतले यतिको बजार पाउनु आफुलाई गर्वको विषय बनेको उनको भनाइ रहेको छ ।
आगामी वर्ष २०७३ मा समेत नया एल्बमको तयारी रहेको बताउने उनले स्टेजहरुमा प्राय आफ्नै गीतहरुको प्रमोशन गर्दै आएको बताइन् । भर्खरै उनले आफुले संगीत सिकेका फ्यूचर कल्चर संगीत विद्यालयको वार्षिक उत्सवमा त्यस्तै प्रस्तुति दिएका थिए । स्टेजमा परफेन्समा दर्शकसँगै रमाउने गरेका उनले आफ्नै गुरु निराश मगरको ‘उसको मनमा म होला’ यसरी प्रस्तुती गरेकी छन् ।

भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment