पत्रकार महासंघको विधानसभा बैठक बैसाखमा

समाचार

एविसि खबर
काठमाडौं, २९ चैत । नेपाल पत्रकार महासंघको विधान सभाको बैठक आउँदो वैशाख २१ र २२ गते चितवनमा हुने भएको छ । केन्द्रीय साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष डा महेन्द्र विष्टले आइतबार चितवन पुगेर तयारीका बारेमा स्थानीय मूल व्यवस्थापन समितिसँगको बैठकमा सो कुरा जानकारी दिए ।

साधारणसभा विधानसभा पनि हुने बताउँदै डा विष्टले साधारणसभामा महासंघलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने जानकारी दिएका छन् । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने छ ।

नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिने उजले बताए । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासंघले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दै छ । जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठिान एक गरी १० पु¥याउँदै छ ।

हाल महासंघका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको संख्या १० हजारभन्दा माथि छ । विशेष महत्वका रुपमा लिइएको साधारणसभामा विभागीय मन्त्री, दलका प्रतिनिधिलगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ । बैठकमा तयारीका विषयमा स्थानीय मूल आयोजक समितिका संयोजक हरिप्रसाद पोखरेलले हालसम्म भएको तयारीका विषयमा जानकारी दिए ।

Facebook Comments

Leave a Reply