रविन्द्रको पहिलो म्युजिक भिडियो रिलिज हुँदै (भिडियो सहित)

एविसि खबर
काठमाडौं, २९ चैत । नेजिपाली गीत संगीतको क्षेत्रमा आशालाग्दो प्रतिभाको रुपमा उदाउँदै गरेका नव प्रतिभा रविन्द्र राईको स्वरमा रहेको पहिलो म्युजिक भिडियो ‘त्यो छुट्ने दिन के भयो के भयो’ नेपालको विभिन्न च्यानलबाट एक साथ रिलिज हुने भएको छ । नयाँवर्षको अवसर पारेर रविन्द्रले यो गीतलाई बजारमा ल्याएका हुन् ।

तिम्रो पछेउरी मा आँसु को दाग थियो ।
तिम्रो आँखा मा बेदना को भाब थियो ।
घाम डुब्ने क्षेण के भयो के भयो ?
मनमा हुरि चन्दै थियो
होस हराएको थियो ।
त्यो छुट्ने दिन के भयो के भयो ?

गीतकार अनुप जोशीको शब्दमा रहेका गीतलाई आनन्द राईले संगीत भरेका छन् । रविन्द्रको उक्त म्युजिक भिडियोको निर्देशन विशाल भण्डारीले गरेका छन् । मोडल सुरज सिँ ठकुरी, बेनिशा हमालले अभिनय गरेको यो म्युजिक भिडियो सार्वजनकि भएसँगै रविन्द्रको सांगीतिक क्यारिएर पनि आरम्भ भएको छ ।

सोमबार बेलुकी ५ बजेदेखि ६ बजेको समय उनको म्युजिक भिडियो नेपाली च्यानलहरुमा एकसाथ रिलिज हुने भएको छ ।

भिडियोको प्रोमो हेर्न तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment