मुक्तक पुरस्कार ७६ वर्षीय थापालाई

एविसि खबर
पोखरा, २८ चैत । यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कारबाट साहित्यकार रत्नशम्शेर थापालाई सम्मान गरिएको छ । मुक्तक मञ्च पोखराबाट सञ्चालित तथा साहित्यकार विष्णु अल्पविरामले स्थापना गरेका उक्त पुरस्कारको राशी ११ हजार एकसय एघार रुपैयाँ रहेको छ ।

मुक्तकको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै काठमाडौँको कमलपोखरी निवासी ७६ वर्षीय थापालाईसो पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कार दुई÷दुई वर्षमा वितरण गरिन्छ ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले साहित्यकार थापालाई शनिवार पुरस्कार वितरण गर्दै पोखरेली सांस्कृतिक परिवारले चार दशकअघिदेखि सञ्चालन गर्दै आएको ‘टिकटमा मुक्तक’ कार्यक्रमलाई हाल मुक्तक मञ्चले निरन्तरता दिँदै आएको बताए । कवि तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित छनोट समितिले प्रतिभा छनोट गरेको थियो ।

मञ्चका अध्यक्ष सरला लामिछानेको अध्यक्षतामा भएको सो समारोहमा साहित्यकारहरू विजय वजिमय, दीपक समीप र सरस्वती प्रतीक्षाले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment