फ्यूचर कल्चरले मनायो दशौं बार्षिक उत्सव (भिडियो सहित)

कला, समाचार

एविसि खबर
काठमाडौं, २८ चैत । काठमाडौंको चाबहिल स्थित फ्यूचर कल्चर संगीत विद्यालयले आफ्नो दशौंवार्षि उत्सव मनाएको छ । काठमाडौंको रामहिटिको साहित्य सदनमा संचालित उत्सवमा विभिन्न सांगीतक तथा सांस्कति कार्यक्रमहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका वरिष्ट गीतकार डा. कृष्णहरी बरालले संगीतमात्र यस्तो विधा हो जहाँ जहिल्यै गुरुहरुको सम्मान हुन्छ भनेका छन् । उनले भने,‘शब्दलाई न्याय गर्ने संगीत र संगीतलाई न्यास गर्ने स्वर नै एउटा स्वर्गानुभूति गर्ने माध्याम भएको छ ।’

कार्यक्रममा विशेष अतिथि तथा हाँस्य कलाकार ७७ वर्षिय विष्णुभक्त फूँयाललाई सम्मान गरिएको थियो । सम्मान पत्र ग्रहण गर्दै पूmँयलले आफुलाई अझ बुढो हुन नदिन फ्यूचर कल्चरले बाध्य बनाएको धारणा राखेका छन् । उनले भने, ‘पहिले पनि यो कल्चरले मलाई कदर गरेको थियो । त्यो बेला पनि तेरो काम ठिक छ भनेको होला झैँ लागेको थियो । यसपाली सम्मान गरेर अझै काम गर्नुस भनेको छ । सके सम्मा म कोशिस गर्छु ।’

कार्यक्रममा अन्य अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने, गायक गायीकाहरुलाई कदर पत्र तथा प्रमाण पत्रहरु वितरण गरिएको थियो ।

विभिन्न संगीत एकेडमीका कलाकारहरुको आकर्षक नृत्य तथा गायीका सरस्वती लामा भुजेल, गणेश लिम्बु, सचिन राई, लगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए ।
भिडियो हेर्न तल जानुहोस…

 

Facebook Comments

Leave a Reply