कविताः नववर्ष

कविता

                            –किशोर के सी
बैशाखी चेपेर काखीमा
ज्येष्ठता जोड्न अरु एक बर्ष ,
असफल अनुभवहरु बोकेर ,
श्रापित एउटा आगन्तुक स
भद्रता मञ्चन गर्दै नाटकीय ,
आइ रहेछ यतै , वर वर ।

कामलाग्ने काममा खटिदिए हुन्थ्यो ,
मार्ग अबरुद्ध ती हटिदिए हुन्थ्यो स
पौरख बढेको बरु हेर्न पाए हुन्थ्यो ,
मानसिकता पुरानो फेर्न पाए हुन्थ्यो ।

फालेर त्यो बैशाखी आए हुन्न हजूर !
चैतन्य गीत नयाँ गाए हुन्न हजूर !!

Facebook Comments

Leave a Reply