अर्घखाँचीमा भरुवा बन्दुकले १ जना ठहरै

समाज

एविसि खबर
अर्घाखाँची, २७ चैत । अर्घाखाँचीको ढिकुरा गाविसमा गएराति भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको जानकारी प्राप्त भएको छ । समाचार श्रोतका अनुसार ढिकुरा–७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर स्थानीय १८ वर्षीय केसबहादुर तङ्गनामी मगरको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले स्थानीयवासी अन्दाजी ३५ वर्षीय डेमबहादुर गुरुङले बोकेको बन्दुकको गोली लागेर घटनास्थलमै मगरको ज्यान गएको हो । बन्दुक बोक्ने गुरुङका सबै परिवार फरार रहेका छन् । घटना भएको थाहा पाएलगत्तै राति नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रनाउ पौडेलको नेतृत्वमा टोली घटनास्थलमा पुगी अनुसन्धान र खोजी कार्य गरिरहेको छ ।

Facebook Comments

Leave a Reply