बलात्कार आरोपमा तीन पक्राउ

समाज

एविसि खबर
दाङ २७ चैत । दाङको देउखुरीमा दुई जना र बलात्कार संरक्षणको अभियोगमा अर्का एक गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई किशोरी बलात्कार अभियोगमा पक्राउ गरेको हो । प्रहरीले लमही नगरपालीकास्थित सितलापुरको जंगलमा एक १७ बषिर्य किशोरीलाई बलात्कार गरेको अभियोगमा वडा प्रहरी कार्यालय लमहीले सिसहनिया–७ लठ्ठहवा निवासी १९ वर्षीया सोही ठाउँ निवासी २१ वर्षीया युवालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै बलात्कारमा संलग्न ब्यक्तिहरुको संरक्षण गर्ने प्यूठानका ३६ वर्षीया अर्का एक व्यक्तिलाई पक्राउ गरेर कारवाही प्रकृया अघि वढाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिएका छन् । सुन्डवरीवाट– सितलापुर जाँदैगरेकी किशोरीलाई सितलापुर वाट सुन्डवरी र्फकदै गरेका यूवाहरुले वाटोमा छेकेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिलाई जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता गरेर कारवाही अघि वढाइएको जनाएको छ । केही दिन अघि देउखुरीमा एक बालिकालाई वलत्कार गरेको अभियोगमा एक १५ बषिर्य किशोरलाई प्रहरीले पक्राउ गरेको थियो ।

Facebook Comments

Leave a Reply