जान्दा बगरमै पैसा

Job

एविसि खबर
मोरङ, २७ चैत । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वषर््ीयि छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका छन् ।

खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आएका मण्डलले दुई लाखको लगानीमा गत वर्षको मंसिरदेखि वैशाखसम्ममा छ लाख रुपैयाँ कमाएका छन् । यो वर्ष पनि पाँच लाख कमाइसकेका छन् । यो वर्ष काँक्रा, तीतेकरेला, फर्सी, लौका, तरबुजा, रोपेका छन् । उनले भने,‘जान्यो भने बगरमै पैसा फल्नेरहेछ ।’

विगत वर्षमा बगरमा तरकारीखेती गरेर राम्रो आम्दानी लिन सफल रङ्गेली–९ कै २८ वषर््ीयि बुनीलाल मण्डलले यो वर्ष एक लाखको लगानीमा एक बिघा, ३० वषर््ीयि धीरज मण्डलले दुई लाखको लगानीमा दुई बिघा र २८ वर्षीय रामखिलान मण्डलले एक लाखको लगानीमा एक बिघा चिसाङ खोला बगरमा तरकारीखेती लगाएका छन् ।

Facebook Comments

Leave a Reply