अकबिता

कोशी किनारे

थाहाछ
आउने यो सांझमा पनि
तिमिले अंध्यारोको भरपुर
उपभोग गर्नेछौ र तिम्रो
कोठेबारिको अर्थतन्त्र लाई
बेस्सरी सम्भोग र भोग गर्नेछौ।

तिमि
बत्तिबाल्छौ अंध्यारोमै
बत्तिनिभाउंछौ अंध्यारोमै
दिन खोज्छौ अंध्यारोमै
रात खोज्छौ अंध्यारोमै
बिहानी लाई गोरेटोमै
स्वागत गर्छौ र अपमान गर्छौ।

प्रत्येक अंध्यारोमा
अमुर्त उज्यालोको
निकम्मा ब्याकरण लेख्ने
ओ…..देश लेख्ने कबिजी
तिम्री स्वास्नीसंग भोगेको
अंध्यारो तिम्रो समागम जस्तो
योदेश लाई शिथिल नबनाउ।

Facebook Comments

सम्बन्धित

Leave a Comment