राष्ट्रिय स्वाधीनताका लागि सहयोग

एविसि खबर

काठमाडौं, २६ चैत । राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डतालाई सुदृढीकरण गर्ने कार्यमा सबैको उतिकै भूमिका रहनु पर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको सम्मानमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को प्रारम्भिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो दिनमा नेपालको सार्वभौमसत्ता र अखण्डताविरुद्ध विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबै राष्ट्रवादी शक्तिले मिलेर काम गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो । संविधानको सहज कार्यान्वयनका लागि राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने र मुलुकभित्रका विभिन्न असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले मधेसवादी दलका जायज माग सम्बोधन हुने बताए । माओवादी आन्दोलनलाई पुनःएकीकरण गरेर लैजाने दिशामा आफू लागेको भन्दै उनले केही समय भित्रै सम्पूर्ण माओवादी शक्ति एउटै केन्द्रमा आउन बताए । माओवादी घटकबीचको एकता प्रक्रिया तार्किक निष्कर्षको नजिक पुग्न लागेको दाबी गर्दै उनले अब छुट्टाछुट्टै बसेर केही पनि फाइदा नहुने, देश र जनताको समेत हित नहुने उल्लेख गरेका छन् । एमाओवादीले महासचिव कृष्णबहादुर महराको नेतृत्वमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान स्थापना गरेको छ ।

गरिब तथा न्यून आय भएको परिवारबाट कम्युनिस्ट आन्दोलनको उच्च पदमा पुग्नुहुने बोगटीको विचारलाई स्थापित गर्न र माओवादी आन्दोलनलाई पुनःएकीकरण गर्ने ध्येयका साथ प्रतिष्ठान स्थापना भएको महासचिव महराले जानकारी दिए । मस्तिष्कघात र हृदयघातका कारण ०७१ साल भदौ ३० गते बोगटीको निधन भएको थियो । बोगटी एमाओवादीका तत्कालिन थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment