आगलागि हुदा पन्ध्रलाख को क्षति

समाज

विवेक राइ
भोजपुर, २५ चैत । भोजपुरको पुर्वी सानोदुङमा ८ स्थित विन्द्रमान राइको घरमा आगलागी हुँदा पन्ध्रलाख बरावरको क्षति भएको छ । वुधबार मध्यान्ह १२ वजे घर नजिकैको खरबारिबाट सल्केको आगोले घरलाई भेटेपछि पुर्णरुपमा घर जलेर नष्ट भएको हो ।

आगलागिबाट राईको जस्ताले छाएको तिनतले घरजल्दा पन्ध्रलाख रुपैयाँ बरावरको क्षति भएको वास्तिम प्रहरी चौकी बाट गएको प्रहरिटोलिको प्रारम्भिक अनुमान रहेको छ । चैतको खडेरिमा क्षतिहुने गरि खरवारीमा आगो कस्ले लगाएको भन्नेबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आगलागि पीडित राइ सदरमुकाममा रहेको चोमोलुङमा सन्चार सहकारि स.स्था भोजपुरको उपाध्यक्ष समेत रहेका छन् ।

Facebook Comments

Leave a Reply