झापा ११ फाइनलमा

एविसि खबर
झापा, २५ चैत । थ्रीस्टार क्लबलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । झापाको डोमालाल रङ्गशालामा जारी प्रथम झापा गोल्डकप प्रतियोगितामा बुधवार भएको खेलमा झापा–११ ले थ्रीस्टारलाई पराजित गरेसँगै झापा ११ ले फाइनलको यात्रा तय गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट १–१ गोलमा बराबरी भएको थियो । थ्रीस्टारका लागि दीपक श्रेष्ठले पहिलो गोल गरेका थिए भने झापा–११ का कर्ण लिम्बूले पनि गोल गर्दै खेललाई बराबरी दिलाएका थिए । १–१ गोलमा बराबरी भएपछि खेलको निर्णयका लागि १५ मिनेट समय थप गरिएको थियो ।

थपिएको १५ मिनेटको समयमा पनि गोलरहित बराबरीमा खेल सकिएपछि पुनः खेलको निर्णय टाइबे्रकरबाट लिइएको थियो । पहिलो चरणको टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि पुनः दोस्रोपटक टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । दोस्रो चरणको ट्राइबेकरमा झापा ११ का प्रवेश कटुवालले गरेको गोल नै निर्णायक बन्यो ।

उता थ्रीस्टारका खेलाडी सरोज दाहालले गरेको गोल झापा ११ का गोलकिपर किशोर गिरीले उत्कृष्ट बचाएका थिए । खेलको म्यान अफ दी म्यान विजयी टिम झापा ११ का कर्ण लिम्बू घोषित भए । योसँगै लिम्बूले नगद रु पाँच हजार पुरस्कारसमेत प्राप्त गरे । आज दोस्रो सेमीफाइनलमा नेपाल आर्मी र मनाङ–मस्र्याङ्दी आपसमा भिड्ने आयोजक समितिले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment