एविसि खबरको बारेमा

बिचार

जमाना सूचना र संचारको हो । विश्व सूचना र संसारका कारण साँघुरिदो छ । यति मात्रै होइन नागरिक सचेतनाका लागि सूचना र संचारले निकै महत्वपूर्ण भूमिका समेत निर्वाह गर्दै आएको छ । यस्तो बेला सूचना घरहरु अझ मजवुद बन्दै जानु पर्ने हो तर नेपालमा विस्तारै सूचना घरहरु धरासायी हुँदै आइरहेका पनि छन् । सूचना र संचारको महत्व बुझ्न नसक्दा खास विषय र मूख्य विषयमा पुग्न नसक्दा समस्याहरुको चाङ थोपरिएको छ । यो विषम समय किरात मिडिया एक कम्यूनिकेसन प्रा.लि.ले नयाँ अवधारणाका साथ अनलाइन पत्रकारितालाई अंगीकार गरेर एविसि खबर डटकम (www.abckhabar.com) संचालन गर्न लागिएको जानकारी गराउँछौँ ।

किरात मिडिया एन्ड कम्यूनिकेसन प्रा.लि. काममा व्यवसायिकता, संचारमा कर्तव्य निष्ठता राखेर अगाडि बढ्न चाहान्छ । नाम जस्तै कामका लागि तथ्य, सन्तुलित र विस्वस्नीय समाचारका लागि एविसि खबर प्रतिवद्व रहनेछ । ‘सानो कृयाकलाप विशेष महत्व’ भन्ने अवधारणाका साथ काम गर्ने गरी यो प्रा.लि.ले पत्रकारितामा नयाँ आयाम सिर्जना गर्ने प्रयासमा जुटेको छ । यो अभियानले सार्थकता पाउनेमा कम्पनी पर्ण रुपमा विश्वस्त रहेको छ । यसका लागि भावी नीति तथा कार्यक्रमसम्म यसले तर्जुमा गर्ने नै छ । यसका लागि केही अवधारणा बहसको लागि सार्वजनिक गर्ने आवश्वयक ठानिएकाले केही बुँदाहरुलाई सार्वजनिक गरिएको छ ।

“सानो कृयाकलाप विशेष महत्व”

समाज, समुदाय वा संगठनमा हुने सानोभन्दा सानो कुराले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । सानो कुरा, सानो मान्छे, सानो घटना, कुनै हालतमा सानो हुनै सक्तैन । त्यसले समाजलाई पु¥याउने योगदान वा असरको बारेमा अध्ययन अनुसन्धान गर्दै जाने हो भने वेवास्ता गरिएका यी र यस्ता कुराहरुले विशेष महत्व राख्दछन् जस्ले गर्दा परिणाममा समेत निकै ठुलो प्रभाव पार्न सक्दछ । ति र त्यस्तै घटना, सन्दर्भ वा कृयाकलापलाई केन्द्रवीन्दु बनाएर समाजलाई पर्न सक्ने सकरात्मक तथा नकरात्मक असरको विश्लेषण गर्ने बाटो बनाइदिन यो संचार माध्यामले गर्ने छ । विषय वा प्रसंगलाई सानो , सामन्य भन्ने प्रवृत्तिका कारण आउन नसकेका प्रतिभा, विकास हुन नसकेका काम, तथा दिनु पर्ने प्रोत्साहान नपुग्दा तथा सहि व्यवस्थापन एवम् प्राथमिकतामा राख्न नसक्दा आज संचार माध्यमहरु धरासायी हुँदै आएका छन् ।

गाउँमा हुने भेला र बैठकले देशको विकासलाई टेवा पु¥याउने तर, त्यो बैठक भेलाको समाचार अहिलेको संचार माध्यमका लागि उपयुक्त नहुने । समग्र देशको विकासका लागि गाउँमा भएको सानोतिनो सामाजिक कार्यलाई प्रोत्साहन नगरिने, राष्ट्रका गनिएका मानिएकाले कुचो लिएर सडक बढार्दा समाचार बन्ने तर दैनिक झाडु लगाउनेको समाचार नबन्ने भन्ने जुन परिपाटी रहेको छ । यसलाई चिर्न हामी प्रयत्नशिल रहने छौ ।

एउटा संगठनले गाउँ, जिल्लामा नयाँ केही गतिविधि संचालन गर्छन् तर त्यो मूलधारमा लेखिने र देखिने समाचार बन्न सक्तैन । र आम मानिसलाई त्यो गुमराहमा राखिन्छ । यसलाई चिर्न कै लागि किरात मिडिया एण्ड कम्युनिकेसन प्रा.लि.द्वारा प्रकाशित एबीसीखबरले अब समेट्ने प्रयत्न गर्ने छ । यसका लागि आम नागरिकहरुमा सचेतनापूर्वक आफ्नो अभियान संचालन गर्ने प्रतिवद्वता समेत जाहेर गर्दछ ।

हिजोको समय बितेर गएको छ । आजको समय बितेरै जाने निश्चित छ । यस बीचमा सबैमा चिन्ता भविष्यको रहने नै भयो । यद्यपी भविष्यमा हामीसँगै रहेका र रहनेहरुका लागि अभिलेखीकरण गर्ने माध्यमको रुपमा स्वतन्त्र, सन्तुलित यथार्थ आलेख तयार पार्ने र राख्न मिल्ने विद्युतीय संचार माध्यमको रुपमा यो अनलाईन पत्रिका संचालनमा आउन लागेको हो । यसमा तपाईको समेत उल्लेखनीय सहभागिता रहने आशावादी छौँ । तपाइँ सँग भएको नयाँ नौलो, सत्य तथ्य घटना तथा कृयाकलापहरु भएमा हामीलाई उपलब्ध गराउन सक्नु हुनेछ ।

धन्यवाद !
एविसिखबर परिवार

Facebook Comments

Leave a Reply