बक्सिङ खेलाडीलाई उपचारमा सहयोग

एविसि खबर

काठमाडौं, २५ चैत । नेपाल बक्सिङ संघले दुई अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षकलाई उपचारार्थ आर्थिक सहयोग गर्ने भएको छ । पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा आठौँ सागका कास्य पदक विजेता इन्द्रबहादुर राना मगर र पूर्वखेलाडी तथा प्रशिक्षक दीपक राईलाई जनही २५÷२५ हजार उपचारका लागि खर्च उपलब्ध गराउने निर्णय गरेको संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

रानामगर आन्द्राको क्यान्सर र फोक्सोको उपचार गराइरहेका छन् भने दीपकले भारतमा क्यान्सरको उपचार गराइरहेका छन् । रानामगर ०५२ देखि ०५५ सालसम्म राष्ट्रिय च्याम्पियनसमेत थिए । संघले राष्ट्रिय खेलकुद परिषद्लगायत अन्य निकायलाई समेत आफ्ना पूर्वखेलाडी तथा प्रशिक्षकको उपचारका लागि सहयोग उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

संघले यसअघि कृष्णमान, किशोर थापालगायतलाई उपचारका लागि सहयोग गरेको थियो ।

Facebook Comments

Related posts

Leave a Comment