जीवन र लिलाको नयाँ पूर्वेलीलोकगीत आयो

एविसि खबर

काठमाडौं, २५ चैत । पूर्वेली लोकगीतहरुको हारमा नया गीत थप्दै जीवन खाजुम लिम्बुले भर्खरै ‘सुन्तला बोकी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पुर्वेली लोकभाकामा रहेको ‘सुन्तला बोकी’ बोलको गीतको शब्द रुद्र श्रेष्ठले लेखेका छन् । भने जीवन खाजुमले यसको लयसंकलन तथा संगीत समेत गरेका छन् ।

गीतको ऐरेन्ज कुन्दन राईले गरेका छन् । पुर्वाञ्चल डिजिटल रेर्कडिङ स्टुडियो इटहरीमा रेर्कड भएको गीको म्युजिक भिडियोमा भने नृत्य निर्देशक लक्ष्मी समाल मगरको निर्देशन तथा नृत्य गरेकी छन् । आयुष मगरका साथमा अन्य कलाकारहरुलाई समेत नचाएको गीतमा कोरीयो ग्राफी सेत लक्ष्मिले नै गरेकी हुन् । म्यजिक भिडियोको निर्देशन भने रूद्र श्रेष्ठले गरेका हुन ।

भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment