शिलाको अर्को गीत ‘आकाश झार्नु पर्दैन’ (भिडियो सहित)

राजनीति

एविसि खबर

काठमाडौं, २४ चैत । नेपाली संगीतमा सदाबहार गीतको अभाव खटकीन थालेको बेला मधुर स्वरको भण्डार लिएर संगीत क्षेत्रमा प्रवेश गरेकी गायीका शिला राईको अर्को गीत ‘आकाश झार्नु पर्दैन’ युट्युबमा क्रमश उकालो चढिरहेको छ । भर्खरै आफ्नो गीति एल्वम ‘प्रेम’ बजारमा लिएर आएकी शिलाको जादुमयी स्वरमा ‘मुटुभरी’ बोलको गीतको म्युजिक भिडियो बजारमा लोकप्रिय बनेको थियो ।

पछिल्लो समयमा ‘थुन्चेको भारी बिसाउँदै’ बोलको गीतको लिपसिङ युट्युबमा भाइरल बनेसँगै चिनिएकी शिलाको अर्को गीत ‘आकाश झार्नु पर्दैन, जुन चोर्नु पर्दैन । मलाई माया गर्ने मान्छे धर्ती छोड्नु पर्दैन, यही धर्तीको माया देउ अरू केही दिनु पर्दैन’ बोलको गीत सार्वजनिक भएको हो ।

भुपाल राईको शब्द तथा डक्टर किरातको संगीतमा रहेको गीतको शब्द जस्तै सरल रुपमा गायीकाले शब्दलाई न्याय दिएकी छन् ।
धेरै भए सुनखरी, टिपि केसमा सिउरी देउ
मागे भने सोह्र सिँगार, अंगालोको माया देउ
मेरो माया धर्तिमै छ अर्को गह चाहिँदैन
स्वर्ग जित्नु पर्दैन, तारा टिप्नु पर्दैन

केहीसमय अगाडि मात्र सार्वजनिक भएको ‘मुटुभरी मायाँ साँची’ बोलको गीतको म्युजिक भिडियो बजारमा चल्दै गर्दा उनको अर्को गीत ‘थुन्चेको भारी विसाउँदै’ देशविदेशमा भाइरल बनेको थियो । पछिल्लो समयमा उनले ल्याएको यो गीतमा समेत उनी निकै आशावादी देखिएकी छन् । उनले समसामयिक सन्दर्भमा प्रेमलाई गरिने परिभाषालाई सरल ढंगले समेटिएको गीत भएको भन्दै यो गीतले प्रेमलाई सहज व्याख्खा गरेको बताएकी छन् । ‘विनाछलकपट गरिने प्रेममा त्याग हुन्छ स्वार्थ हुन्न’ उनले भनिन् ‘त्यही माया अमर पनि रहन्छ ।’ उनको अनुसार जब स्वार्थमा प्रेम गर्छन् त्यहाँ धोका हुने भएकाले यो शब्दसमेत निकै गहन रहेको छ ।

‘प्रेममा हुने अनेकै बहानालाई चिर्न साँचो माया गर्नेहरूका लागि न त आकाशको तारा नै झार्नुपर्छ न त ज्यान नै दिनुपर्छ । साँचो माया गर्न एक अर्कालाई राम्रोसँग बुझे हुन्छ ।’

सुख दुःख बाँच्नलाई , तिम्रो काख काफी हुन्छ
लडे भने समाउनलाई, तिम्रो हात काफी हुन्छ

भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

Leave a Reply