कालोबजारीप्रति उपप्रधानमन्त्रीको चिन्ता

राजनीति

एविसिखबर

चितवन, २४ चैत । उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपि मैनालीले सरकारले हरप्रयास गर्दा पनि कालोबजारी नरोकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । चितवनमा मंगलबार स्थानीय पत्रकारसँग कुराकानीमा उपप्रधानमन्त्री मैनालीले कालोबजारी नियन्त्रणमा सरकार लागिपरेकाले केही दिनभित्रै आपूर्ति सहज बन्ने बताउँदै जनतासँग मिलेर नाकाबन्दीको प्रतिवाद गरेको र छिमेकीसँगको व्यापार एवम् पारवहन समझदारीमा सरकार सफल भएको बताए ।

देशभित्रको समस्या समाधानका लागि सरकार सक्षम रहेकाले बाह्य सहयोगको जरुरत नभएको भन्दै उनले कुनै पनि छिमेकीलाई नचिड्याउने बताए ।

कांग्रेस वर्तमान सरकारमा सहभागी भएर सहमतिको सरकार बनाउन सकिने उल्लेख गर्दै उपप्रधानमन्त्री मैनालीले मधेसवादी दललाई वार्ता र सहमतिबाट समस्याको समाधान खोज्न आग्रह गरे ।

Facebook Comments

Leave a Reply