‘फूलमाया’ लिएर आउँदै प्रकाश

कला

एविसि खबर
काठमाडौं, २३ चैत । कलाकारिता र पत्रकारितामा उतिकै रुचि राख्ने सल्याने युवा प्रकाश धितालले नया लघुचलचित्र ‘फूलमाया’ लिएर आउने तयारीमा लागेका छन् । लामो समय देखी गोर्खा एफ एम ९३ मेगाहर्जमा कार्यक्रम उत्पादन र तथा कार्यक्रम प्रस्तोतको रुपमा काम गर्दै आएका उनले पछील्लो समय साइबर दुनियामा फरक रेडियो कार्यक्रम च्याट्माण्डौ चलाउँदै आएका छन् ।

आफुलाई प्रकाश प्रिया स्मृति नामले स्थापित गराउन संघर्षरत उनले सामाजिक हितका लागि भन्दै भर्खरै लघुचलचित्र ‘फुलमाया’ निर्देशन गरेका हुन् । फिल्मी दुनियामा आफुलाई पहिलो पटक प्रस्तुत गरेका उनल आफ्नो बाल्यकालको शोखका कारण यो काम गर्न हिम्मत गरेको बताएका छन् ।

fulmayaसमाज सेवा गर्ने मनशायका उनले साथिभाईहरुसँग मिलेर नवीनतम नेपाल नामक संस्था समेत संचालन गर्दै आएका छन् । सरल स्वाभाव भएसंगै सबैसंग मिलेर काम गर्ने अरु लाई दुख दिन हुन्न भन्ने विचार राख्ने भएकाले उनले संस्थागत रुपमा सामाजिक रुपान्तरणको काममा समेत लागेको बताए । प्रकाश निर्देशन संगै कथा, नाटक गजÞल लेखनमा समेत आफुलाई उभ्याउँदै आएका फरक धारका एक युवा हुन् । पछिलो समय आफैले निर्देशन गरेको पहिलो लघु चलचित्र फुलमाया अहिलेको परिबेशमा एचआईभी कसरि एक आर्कोमा सर्छ भन्ने अवधारणा लाई लिएर बनाइएको हो भन्छन प्रकाश

। फुलमायामा लामो समय देखि नेपालि चलचित्र अनि थ्रीएटरमा काम गर्दै आईरहेकी सानु पाण्डे अनि चलाचित्रैमा काम गर्दै आईरहेकी सुमित्रा अधिकारिसंगै नया प्रस्तुतिमा कृष्णप्रसाद पौड्याल, सरोज देओ, दिलु राईको मुख्य भूमिका रहेको लघु चलचित्रमा प्रकाश घिमिरे, लिला भारती, प्रेम न्यौपाने, उमेश अधिकारी ले साथ दिएका छन् । प्रकाश अनि आगामी दिनमा प्रतिभा भएका नयाँ नयाँलाई पनि अवसर दिने कुरा व्यक्त गर्छन ।

Facebook Comments

Leave a Reply