सडक विभागमा लाठी चार्ज

राजनीति

एविसिखबर
काठमाडौं, २३ चैत । यातायातलाई बहिरी बजारसँग खोटाङ जिल्ला जोड्ने दुई पुलमा व्यापक भ्रष्टाचार भएको भन्दै सडक विभाग घेर्न पुगेका एमाले खोटाङ काठमाडौ सम्पर्क मञ्चका नेता कार्यकर्ता तथा सांसदमाथी प्रहरीले लाठी चार्ज गरेको छ । काम सुरु भएको लामो समय वितिसके पनि निर्माणकर्य पुरा नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

उनीहरुले हालसम्म विकास निमार्णका योजना अलपत्र पार्ने सडक विभागका हाकिम र ठेकेदारप्रति रोश पोखेका थिए ।

धर्ना बसिरहेका बेला सडक विभागले चरम भ्रष्टचार गरेको भन्दै नारा लाउन थाले पछि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट सांसद सहित दर्जनौँ घाइते हुन पुगेका छन् । गत माघ २४ गते ललितपुरको पुल्चोकमा रहेको सडक विभागमा व्यवस्थापिका संसद र त्यसअन्र्तगतका समितिहरुमा जिल्लालाई विकास निर्माणमा पछाडी पारियो भन्दै घेराउ गर्न पुगेका थिए ।

एमालकै नेतृत्वमा सरकार हुँदा समेत एमालेकै तर्फबाट सांसद बनेका नेताहरुको अगुवाईमा सो कार्यक्रम भएको थियो । विकास निर्माणको काममा आफ्नै पार्टीको सरकारहुँदा हुँदै पनि उनीहरुले विभाग घेराउ गरेका हुन् ।

निर्माण थालेको २० वर्ष भइसक्दा पनि गाईघाट–दिक्तेल सडक पूरा हुन नसक्दा १४ बर्षमा सुनकोशीको घुर्मी–हर्कपुर पक्कि पुल गतबर्ष मात्रै सम्पन्न भएको थियो । त्यही नजिकै रहेको दुघकोशीको जयरामघाट पक्किपुल सम्झौता भएको ८ बर्ष बितिसक्दा पनि सम्पन्न हुने कुनै लक्षण नभए पछि सांसदहरु विभागमा धर्ना दिएका थिए ।

धर्नामा प्रहरीको हस्तक्षेप बाट प्रहरिले अनावश्यक बल प्रयोग गर्दा राजन राई,अर्जुन भक्त राई,सुब्बा राई,भक्त थापा लगायतका धेरै ब्यक्तीहरु घैईते भएका छान ।

Facebook Comments

Leave a Reply