विद्यालयस्तरको अन्तर्राष्ट्रिय क्रिकेट नेपालमा

एविसि खबर
काठमाडौं, २३ चैत । आगामी २७ चैत देखि राजधानीमा विद्यालय स्तरीय अन्तर्रराष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । विद्यालय स्तरबाटै क्रिकेटको विकास गर्ने उद्देश्यले ‘डिएभी इन्टरनेसनल फ्राटर्निटी एन्ड युनिटी स्कुल क्रिकेट लिग’ प्रतियोगिता हुने भएको हो । २ गते बैसाखसम्म ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदान तथा भक्तपुरस्थित सल्लाधारीको मैदानमा चल्ने प्रतियोगितामा नेपालका नौ र भारतका तीन विद्यालयका टोलीले भाग लिने जनाइएको छ ।
नेपालका तर्फबाट मोफसलका तीन टोलीले समेत सहभागिता जनाउने भएका छन् । बाह्र टोलीलाई चार समूहमा विभाजित गरिएको छ, जसअन्तर्गत समूह ‘ए’मा डिएभी सुशील केडिया विश्व भारती, ललितपुर, आर्यन इन्टरनेसनल स्कुल वाराणसी, भारत र राजन मेमोरियल इन्टरनेसनल स्कुल, काठमाडौं तथा समूह ‘बी’ मा सैनिक आवासीय महाविद्यालय, भक्तपुर, केन्द्रीय विद्यालय, काठमाडौं र सिटी मन्टेश्वरी स्कुल, लखनउ, भारत छन् ।
त्यस्तै, समूह ‘सी’मा न्यु होराइजन स्कुल बुटबल, लिटिल पm्लावर स्कुल, धनगढी र बालभवन इन्टरनेसनल स्कुल, नयाँ दिल्ली, भारत छन् । त्यसैगरी, समूह ‘डी’मा नेपाल पुलिस हाइयर सेकेन्डरी बोर्डिङ स्कुल, साँगा, भक्तपुर, सनराइज स्कुल, चितवन र पारागन पब्लिक स्कुल, काठमाडौं छन् । युवा क्रिकेटरका लागि अवसरको रुपमा लिइएको र नेपाल क्रिकेट सङ्घ (क्यान)सँगको सहकार्यमा ‘डिएभी स्कुल’को आयोजनामा हुन लागेको प्रतियोगितालाई विस्तारै दक्षिण एसियाभर फैलाउने आयोजकको भनाइ छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment