पञ्चायतकालमा शिल्यान्यास गणतन्त्रमा ट्रयाक

एविसि खबर
पाल्पा, २३ चैत । पञ्चायतकालमा शिल्यान्यास भएको मोटरबाटो ट्रयाक गणतन्त्रकालमा आइपुग्दा जम्मा ट्रयाक खुलेको छ । पाल्पाको सालझन्डीदेखि बल्ढेङ्गढी हुँदै जुठापौवा जोड्ने सडकको ट्रयाक खोल्ने कार्य झन्डै ४० वर्षपछि पूरा भएको हो ।

पञ्चायतकालीन समयका मन्त्री काशीनाथ गौतमले शिलान्यास गरेका उक्त सडकको ट्रयाक खोल्ने कार्य पुरा गर्न झन्डै ४० वर्ष लागेको स्थानीय भुक्तभोगीहरुले बताएका छन् । बजेट अभावका कारण अलपत्र बनेको सो सडक पाल्पा क्षेत्र नं ३ का सांसद हरिप्रसाद नेपालको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा लागू भएको सडक निर्माण योजनाअन्तर्गत पाँच करोड सडकमा खर्चिएपछि ट्रयाक खुलेको हो ।

प्रत्येक सडक कार्यालयको प्राविधिक रेखदेखमा सञ्चालित ३४ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डको ट्रयाक खोल्ने कार्य सँगसँगै चौडा गर्ने कार्यसमेत एकै पटक भएको छ । सडकको समस्याले यहाँका स्थानीयलाई सदरमुकाम तानसेन आवतजावत गर्न रुपन्देहीको सालझन्डी हँुदै बुटवल भएर जानुपर्ने बाध्यता सदाका लागि अन्त्य भएको बल्ढेङ्गढीका स्थानीयबासी देवेन्द्र पुनले बताएका छन् ।

सडकको उद्घाटन गर्दै सांसद नेपालले पहिलो पटकमा ट्रयाक खोल्ने र दोस्रो पटकमा चौडा गर्ने, ग्राभेल गर्ने र बजेटलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सडक कार्यालयका प्राविधिक नवराज विकका अनुसार निर्माण व्यवसायीसँग भएको ठेक्का सझौताअनुरुपको कार्य पूरा हुनेछ । बहुवर्षीय योजना भएकाले आगामी वर्षमा सडकको स्तरोन्नति गर्ने कार्यक्रम रहेको विकले बताए ।

सडकको समस्याले बिरामीलाई समयमा उपचारका लागि अस्पताल पु¥याउन नपाउँदा अकालमा ज्यान गुमाएका यहाँका स्थानीयमा सडक खुलेसँगै खुुसी छाएको छ । सडक असुविधाले यहाँका धेरै स्थानीय बसाइँ सरेर अन्यत्र गएको झपेन्द्र खड्काले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment