आन्दोलनका कारण लगत सार्वजनिक भएन

राजनीति

एविसि खबर
नुवाकोट, २३ चैत । नुवाकोटमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि संकलन गरेको लगत सार्वजनिक हुन सकेको छैन । गाविसका सचिवको आन्दोलनका कारण लगत सार्वजनिक नभएको हो ।

प्राधिकरणको केन्द्रले नुवाकोटको रातमाटेमा आइतबार नै लगत सार्वजनिक गरे पनि गाविस सचिवको असहयोगको कारण प्रक्रिया अघि बढेको छैन । प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटका उपप्रमुख लालबहादुर बस्नेतले गाविस सचिव खरानीटारको विवरण बुझ्न नआएका कारण पुनःनिर्माणको काम अघि बढ्न नसकेको बताए ।

गाविस हकहित संरक्षण केन्द्र पुनःनिर्माणको काममा गाविस सचिवलाई नलगाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ । केन्द्रको नुवाकोट शाखाले पनि गाविसको काममा सहभागी नहुने जनाएको छ । माग पूरा नभएसम्म पुनःनिर्माणसम्बन्धी कुनै पनि काम नगर्ने गाविस सचिव हकहित संरक्षण केन्द्र नुवाकोटले जनाएको छ ।

Facebook Comments

Leave a Reply