पोखरामा मरेको बाघ

एविसि खबर
पोखरा, २३ चैत । पोखराको लेखनाथ नगरपालिकाको–६ को अर्चले र कालिका गाविस–३ गडुवा खोलाको मुहान नजिक मृत बाघ फेला परेको छ । करिब चार पाँच दिन अगाडि मरेको हुन सक्ने वयस्क बाघलाई स्थानीयवासीले दाउरा काट्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

सो वनका हेरालु बाबुराम पौडेलले भने, ‘सुरुमा बाघ देखेपछि हामी त डरायाँै तर पछि दुई चार जनाको सहयोगमा हल्लाखल्ला गर्दै गएर हेर्दा त बाघ मरेको देखेपछि सुरक्षा निकायलाई खबर गरेका हौँ ।’ डाँडाको नाक प्रहरी चौकीका प्रमुख मित्रबहादुर भण्डारीको नेतृत्वमा स्थानीयवासीको सहयोग लिएर गएको प्रहरीसहितको टोलीले स्थलगत अवलोकन गर्दा बाघ भिरबाट खसेर आफैँ घाइते भएको र पछि मरेकोे निष्कर्ष निकालेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment