पृथ्वीसँग प्रेम’

कविता

– मिरा आचार्य

आउ पृथ्वी
यो तिमीले मन पराएको शहर
म यस शहरकी किशोरी
तिम्रा बारेका कथा र किस्साहरु सुन्दा सुन्दै
मेरो किशोरी मन
तिमीलाई प्रेम गर्न पुगेछ
एक अमिट प्रेम !
तिम्रो धरातलको सिमाना र साँध जुटाउन
तलवार र बन्दुकहरुको साथ लिई
काटमार र युद्ध मनपराउने
तिम्रो सुख्खा जीवनमा
एक प्रेमिल चुम्बनले
तिमीलाई स्पर्श गर्नु छ
हो पृथ्वी !
तिम्रो मुलायम मनहरुमा
कठोरताका उर्वरताहरुलाई जलाउन
यस शहरको नाट्यशालामा
श्रृङ्गारीक धुनहरु बजाएर
मैले प्रेमको सञ्जिबनी
तिमीलाई पिलाउनु छ
एक प्रेम अमृत !
त्यैसेले, आउ पृथ्वी

Facebook Comments

Leave a Reply