चोरी भएको मोटरसाइकल बनेपामा भेटियो

download-32-480x300

एविसि खबर
बनेपा, २३ चैत । भक्तपुरबाट चोरी भएको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले सोमबार काभ्रेपलाञ्चोकमा पक्राउ गरेको छ । बा४२प ३८४ नंको पल्सर मोटरसाइकलसहित काभ्रेपलाञ्चोकको मादनकुडारी गाविस–३ बस्ने २८ वर्षीय समीर लामा र सोही ठाउँ बस्ने १९ वर्षीय कुन्दन लामालाई चोरी भएको ११ दिनपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

जिल्लाको कात्तिके देउराली गाविस–६ स्थित सडकखण्डमा फेला परेको बेवारिसे सो मोटरसाइकलबारे खोजी गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका लामाद्वयले गत १० गते भक्तपुरको सूर्यविनायक नगरपालिकामा राति ९.३० बजे सो मोटरसाइकल चोरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । चोरी गरेको स्थान भक्तपुर भएको उल्लेख गर्दै प्रहरीलेनै चोरी भएको मोटरसाइकलसहित दुवै जनालाई महानगरीय प्रहरीवृत्त भक्तपुर पठाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment