अवैध ड्रोन क्यामेरा पर्यटकिय क्षेत्रमा

एविसि खबर

मुस्ताङ, २२ चैत । नेपालको भौगोलिक क्षेत्र तथा त्यहाँको प्राकृति सौँदर्यलाई कैद गर्न नेपालका पर्यटकीय क्षेत्रमा अवैध रुपमा ड्रोन क्यामेरा प्रयोग हुने गरेको पाइएको छ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको हो । गएको मंसिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई अनुमति बिना ड्रोन क्यामेराबाट तस्बिर र भिडियो लिइरहेको अवस्थामा पक्राउ गरेपछि यस्ता घटना सार्वजनिक भएका हुन् ।

प्रहरीले दिएको जानकारीअनुसार, लोमान्थाङमा दुई पर्यटक माइकल र आजा टोसर र घोरेपानीमा युक्रेनी नागरिक डमिट्रो पोलिकल समातिएका थिए । उनीहरुको साथबाट प्रहरीले ड्रोन सेट, रिमोट, दुई थान ब्याट्री र मेमोरी कार्ड बरामद गरेको बताइएको छ । प्राकृतिक सुन्दरता, धार्मिकस्थल, हिमशृङ्खला र कला संस्कृतिमा रमाउन आउने पर्यटकले अनुमति बिना ड्रोन क्यामेरामार्फत तस्बिर र दृश्य लिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि स्वदेशी एवम् विदेशी सङ्घसंस्थाले ‘संवेदनशील’ क्षेत्रको आफूखुसी तस्बिर र दृश्य लिन थालेपछि सरकारले गत कात्तिक महिनामा ड्रोन प्रयोगसम्बन्धी निर्दे्शिका जारी गरेको थियो । ड्रोन क्यामेरासम्बन्धी निर्दे्शिका जारी भएपछि सम्भावित स्थानमा सुरक्षा सर्तकता बढाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

म्याग्दी, मुस्ताङ, लमजुङ, कास्की र मनाङ जिल्लाका ५७ गाविसमा फैलिएको अन्नपूर्ण पदमार्गमा यसअघि पनि यस्ता घटना सार्वजनिक हुने गरे पनि स्पष्ट ऐन र कानुनको अभावमा पक्राउ र कारबाही प्रक्रिया अघि बढाउन सकेको थिएन । पर्यटकले ड्रोनबाट आकर्षक तस्बिर र दृश्य लिएर विश्वबजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने बताउने गरे पनि उनीहरुको उद्देश्य फरक हुने गरेको सरकारी अधिकारीको बुझाइ छ ।

एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले बाह्य पर्यटकलाई ड्रोन क्यामेरा प्रयोगसम्बन्धी कानुनी प्रावधानका विषयमा जानकारी गराइने बताए । उनले भने, ‘यसभन्दा अघि कुनै नियम नभएकाले पर्यटकले अहिले पनि त्यस्तै सोच्ने गर्दछन्, तर अब हामी विभिन्न स्थानमा के गर्न हुने र नहुने विषयमा जानकारीमूलक बोर्ड राख्दैछौँ’,

Facebook Comments

सम्बन्धित

Leave a Comment