टि–२० विश्वकपको दुई उपाधि वेस्ट इण्डिजलाई

कोलकाता । एकैदिन वेस्ट इण्डिजले दुई विश्वकपको उपाधि हात पारेको छ । आइतबार नै महिला टिमले टि–२० को विश्वकप उचालेसँगै पुरुषले पनि सोही सफलता हात पा¥यो । कोलकाताको इडन गार्डेनमा र्भको खेलमा अन्तिम ओभरमा कार्लोस ब्रथवेटको आतिषी ब्याटिङसँगै वेस्ट इण्डिज भारतमा भएको टि–ट्वान्टी विश्वकपको उपाधि उचालेको छ । वेस्ट इण्डिजले इंग्ल्याण्डलाई निरास बनाउदै विश्वकपको उपाधि हात पा¥यो । निर्धारित एक ओभर बाकी छदाँ इंग्ल्याल्याण्डले खेल जित्ने लगभग निश्चि देखिएको थियो । तर अन्तीम ओभरमा २ बद बाकी छदाँ नै वेस्ट इण्डिजले खेल जित्दै उपाधि हत्यायो । अन्तीम ओभर बेन स्टोक बलिङमा आएका थिए तथापी उनले लगातार चार छक्का खाए । वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । तर लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले वेष्टइण्डिजलाई टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए । त्यससँगै वेस्ट इण्डिजले दोस्रो पटक टि–ट्वान्टी विश्वकप जित्यो । इण्डिजले यसअघि सन् २०१२ मा श्रीलकांमा भएको विश्वकपम उपाधि हात पारेको थियो ।

यसअघि पहिले ब्यािटङ गरेको इंग्ल्याण्डले १५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि जोए रुटले अर्धसतक प्रहार गर्दै ५४ रन जोडे । उनले ३६ बलमा सात चौका प्रहार गरे । इंग्ल्याण्डले पहिलो ओभरको दोस्रो बलमा नै बिना रन विकेट गुमाएको थियो । दोस्रो ओभरमा ८ रन जोड्दा एलेक्स हल्सलाई गुमाएको उसले ४.४ ओभरमा इओन मोर्गनलाई गुमाउन पुग्यो । तर उसको इनिङले रुटले उकासेका थिए । त्यस्तै जोस बटलरले ३६,डेबिट वाइलीले २१ रन र बेन स्टोक्सले १२ रन जोडेर सम्मान जनक स्कोर खडा गरेका थिए ।

इण्डिजको बलिङतर्फ ड्ेवान ब्राभो र कार्लस ब्रेथवेटले समान ३–३ विकेट लिए । सामुल्स बद्रीले २ तथा आन्द्रे रशलले एक विकेट हात पारे । इण्डिजको ब्याटिङतर्फ मर्लोन सामुअल ८५ रनमा अविजित रहे । उनले ६६ ९चौका र २ छक्का प्रहार गरे । चार छक्का र एक चौका हानेका ब्रेथवेटले अविजित ३४ रन बनाए । त्यस्तै ब्राभोले २५ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अकंमा रन बनाउन सकेनन् । १.१ ओभरमा १रन जोड्दा चाल्र्सलाई गुमाएको उसले दुई बल पश्चात नै क्रिस गेललाई गुमाएको थियो । पुनः २.३ लेन्डी सिमोन्सलाई गुमाएपछि वेस्टइण्डिज २३ रन जोड्दा ३ विकेटको क्षतिको नाजुक स्थीतीमा पुगेको थियो । मार्लनले इनिङ उकासेका थिए ।

इंग्ल्याण्डको बलिङमा डेबिट वाइलीले ३,जोए रुटले २ र एडिल रशिदले एक विकेट लिए ।

Facebook Comments

Related posts

Leave a Comment