स्ववियू निर्वाचन पूर्ण समानुपातिक नभए बाहिस्कार

एविसि खबर
काठमाडौं, २१ चैत । आगामी स्ववियुको निर्वाचन पूण समानुपाति नभए किरात राई विद्यार्थी संघले बाहिस्कार गर्ने जनाएको छ । संघको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्स इलाका समितिले शनिबार आयोजना गरेको कार्याक्रम संघका नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले स्ववियू पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्ने नभए बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले स्ववियुलाई नयाँ संवैधानिक व्यवस्थाअनुसार पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाएर समानुपातिक बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । स्ववियू विशुद्ध विद्यार्थी हकहित र राणा, पञ्चायत तथा राजतन्त्र ढाल्ने आन्दोलनहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पछिल्लो समयमा भ्रष्टाचारको अखडा बन्दै गएकोप्रति राई विद्यार्थी संघले चिन्ता व्यक्त गरेको छ ।

किरात राई विद्यार्थी संघका नेताहरुले स्ववियू पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्ने नभए बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले स्ववियुलाई नयाँ संवैधानिक व्यवस्थाअनुसार पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाएर समानुपातिक बनाउनुपर्ने माग गरेका हुन् ।

लाखौं खर्च गरेर फर्जी विद्यार्थी भर्ना गरी स्ववियू निर्वाचनमा खारिद–बिक्री गर्ने परम्पराको अत्य हुनुपर्ने नेताहरुले बताएका छन् । जनताको अधिकार स्थापित गर्न राणा, पञ्च र राजतन्त्रको अन्त्य गर्न लडेका विद्यार्थी संगठनहरुलाई अब पहिचान, समानुपातिक समावेशी राज्यव्यवस्थालाई राजनीतिक मुद्दा बनाउनुपर्ने बताए ।

संघका अध्यक्ष अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य तथा अशोक राई, परिषद् सदस्य रोशन राई, उपत्यका सदस्य शुभराज राई लगायतले बोलेका थिए ।

स्ववियूलाई समावेशी र समानुपतिक बनाउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली नअपनाइए बहिस्कार गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । संघका नेताहरुले भर्खरै ईयू र भारतले नेपालको संविधानलाई अपूर्ण भन्दै हस्तक्षेपको तहमा दिइएको वक्तव्यप्रति घोर भत्र्सना गर्दै आवश्यक परे राष्ट्रिय लडाइँ लड्न आफूहरु तयार रहेको बताए ।

12495103_1253298234685169_180187654092657723_nराजनीतिक दलका नेताहरुले संविधान पुनर्लेखन गरेर पहिचान र सामथ्र्यको आधारमा संघीय राज्यहरुको नामाकरण, धर्म्निरपेक्षता, जातीय जनसंख्याको आधारमा हरेक अंगमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व कायम गर्न आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा संघले तयार पारेको गोजी पात्रो विमोचन गर्नुको साथै नवआगन्तुक विद्यार्थीहरुलाई अबिर टिका लगाएर स्वागत गरिएको थियो । साथै विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा त्रिभुवान विश्वविद्यालय मानवशास्त्रमा सहप्रध्यापक जनक राई, किरात भाषाविद् टंक राई, किरात राई युवा संघका केन्द्रीय सचिव संजय राई लगायतले बोलेका थिए ।

कार्यक्रम आयोजक समितिका अध्यक्ष अनन्त राईको सभापतित्वमा भएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment