पुनः निर्माणको पर्खाइमा रानी पोखरी

समाज

एविसि खबर

काठमाडौं, २१ चैत । विनाशकारी भूकम्प गएको एक वर्ष पुग्न अब २० दिन बाँकी छ । गएको १२ वैसाख र त्यस पछि गएको लगातारको भूकम्पले ठुलो धनजनको क्षति भयो । संविधानको चटारोमा राजनीति अलमलिएको भूकम्प पछि संगालिन थालेको छ । तर भूकम्प पछि भएको विपत्ति भने अझै संगलिन पाएको छैन ।

सरकारले भूकम्पपछिको पुनः निर्माणको अभियान संचालन गर्ने कुरा निकै अगाडिबाट सुरु त ग¥यो । काम भने १० महिना पछि २ माघ २०७२ मा औपचारिक रुपमा उद्घाटन ग¥यो । त्यो पनि काठमाडौंको मुटुमा रहेको रानी पोखरीको पुनः निमार्ण गर्ने कार्यक्रम सहित राष्ट्रपतिलाई शिल्यान्यास गराएर । तर शिलान्यास भएको रानी पोखरीको काम करिब साँढे दुइमहिना पुग्दा समेत शुरुवात हुनै सकेको छैन ।

सरकारले प्राथामिकताका साथ पुनः निर्माणको कामलाई तिब्रता दिने गुड्डि हाँकी रहेको भएपनि यसको व्यवस्थित कार्यान्वयन हुन सकेको छैन । पुनः निर्माण प्राधिकरण मार्फत काम गराउने लक्ष्य रहेको उक्त अभियान हाल वेपत्ता जस्तै गुमनाम हुनुले काममा गति आउन नसकेको सर्वसाधरणको गुनासो छ । यसलाई सरकाले गम्भिरता पुर्वक लिनु पर्ने पो होकी भन्ने आम नागरिकले चासोको साथ हेरिरहेका एक राजीनितीक कार्यकर्ताले बताए ।

Facebook Comments

Leave a Reply