गुरुदेवको १९ औं एकल साँझ (भिडियो सहित)

एविसि खबर
काठमाडौं २१ चैत । करिब दुईदशक देखि काठमाडौंमा निरन्तर संगीत पाठशाला संचालन गर्दै आएका शास्त्रीय संगीतका गुरु गुरुदेव कामदको १९ औ एकल साँझ शनिबार सम्मपन्न भएको छ । काठमाडौं स्थित सांस्कृति संस्थानको राष्ट्रिय नाचघरको प्रेक्षालयमा भएको कार्यक्रमको उद्घाटन भारतीय राजदुत रन्जित रे गरेका थिए ।

पानसमा बत्ति बालेर उद्घाटन भएको एकल साँझमा राजदुत रे ले नेपाली कला साधना लागि रहेका व्यक्तिको एकल साँझ सफल हुनेमा आशा विस्वास रहेको बताए । यस्तै इन्डिया तथा नेपाल विपि कोइराला फाउण्डेशन मार्फत कार्यक्रमलाई सहयोग गर्न पाएको खुशी समेत व्यक्त गरेका थिए ।

गुरुदेव कामदले शास्त्रीय कलावती रागबाट गायन सुरु गरेका थिए भने उनले नेपाली, हिन्दी, उर्धु, तथा आफ्नै मातृ भाषा मैथली भाषाको करिब दर्जन बढी गजलहरु प्रस्तुत गरेका थिए ।

भिडियो हेर्न तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment