एलीको ‘फि’ शरिन र कविताले तिरिदिने

मोहन राई
युएई । शुल्क नबुझाएको भन्दै सुनसरीको इटहरीस्थित पपुल्स मल्टिपल कलेजले चारित्रिक प्रमाणपत्र नदिएपछि नर्सिङ काउन्सिलको परिक्षा दिनबाट बञ्चित एली तामाङलाई इजरायल र हङकङ बस्दै आएका दुइजना चेलीहरुले सहयोग गर्ने भएका छन् । स्टाफ नर्स अध्ययन गरेर उतिर्ण समेत भइसकेकी इटहरी ४ का लालबहादुर तामाङकी छोरी एलीलाई रकम नबुझाएको भन्दै कलेजले चारित्रिक प्रमाणपत्र रोकेको हो ।

kabita saiइटहरीकै पिपुल्स मल्टिपल कलेजमा स्टाफ नर्स अध्ययनरत छोरीका लागि बुबा (जो आफै गरिबी र शारीरिक अशक्त छन्) एक खुट्टाले नाच्ने र ‘चटक’ देखाउँने गर्दछन् । उनले छोरीको पढाइका लागि पैसा भने जस्तो जोहो गर्न नसकेपछि एलीको भविष्य डामाडोल हुने अवस्थामा पुगेको थियो । उनको यो पिडा सञ्चार माध्यामहरुबाट प्रचारमा आएपछि उनलाई रोजगारको शिलसिलामा इजरायल पुगेकी शरिङ ख्युङवा तामाङ र हङकङमा रहेका कविता सिन्जापति मगरले सहयोग गर्ने भएका छन् ।

अहिले मानसिक तनावका कारण डिप्रेसनको औषधि खुवाउनु परिरहेको एलीको भविष्यका लागि भन्दै इजरायलबाट शरिङ ख्युङवा तामाङ र हङकङमा रहेका कविता सिन्जापति मगरद्वारा कलेजलाई तिर्न बांकी रहेको रकम ३ लाख ८३ हजार रुपैयाँ तिरिदिने भएपछि अहिले एली र बुबा लालबहादुर तामाङ काठमाडौंमा आइपुगेका तामाङ भाषाविद् अमृत तामाङ योन्जनले जानकारी दिएका छन् । उनले कसैले एलीको नाममा कुनै रकम सकंलन गरेको भएको भए जानकारी दिन तथा अब रकम नउठाउनु हुन पनि अनुरोध गरेका छन् ।

एलकिा बुबा लालबहादुरले भने खुशी व्यक्त गरेका छन् । उनले भने, ‘यसरी हामी जस्तो दुःखी, गरिब र शारीरिक अशक्तता भएका ब्यक्तिका लागि जात, धर्म, साइनो भन्दा माथि उठेर परदेशी चेलीहरुले सहयोग गर्नु भएकोमा खुशी छु । उनले थपे,‘मेरो छोरीको लागि जुन् सहयोग गरिदिनु हुंदैछ, साँच्चै भगवान हुन्छ की हुंदैन ? थाहा छैन, तर म र मेरो छोरीको लागि वहांहरुनै साक्षात भगवान बनेर आउनु भएको छ ।’

रकम हस्तान्तरण कार्यक्रम आउँदो बिहिबार चैत्र २५ गते विहान ८ः ०० बजे नेपाल घेदुङको कार्यालय, पुतलीसडक काठमाडौंमा सम्पन्न हुने अमृतले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment