भद्रपुरमा मिडिया सेन्टर

एविसि खबर
भद्रपुर, १८ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा स्थापित मिडिया सेन्टरको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले उद्घाटन गरेका छन् । प्रेस काउन्सिल नेपाल तथा सांसद प्रेमबहादुर गिरीसमेतको एक लाख ५० हजारको आर्थिक सहयोगमा आवश्यक उपकरण कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट, इन्र्भटर खरिद गरी महासंघको कार्यालयमा मिडिया सेन्टर स्थापना गरिएको महासंघ झापा शाखाका सचिव एकराज गिरीले जानकारी दिए ।

कार्यक्रममा महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, महासंघका निवर्तमान केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेलगायतले प्रविधि तथा पत्रकारको क्षमता अभिवृद्धिका लागि महासंघ झापाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment