कछुवा गतिमा सरकार

एविसि खबर
भक्तपुर, १८ चैत । वर्तमान सरकारको काम कछुवाको गतिजस्तै अगाडि बढेको एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले वर्तमान सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै सरकारले जनताको हितमा काम गर्न नसकेको बताए । उनले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तनको विषय हल्लामात्र भएको बताउँदै यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै कांग्रेसलाई समेत सरकारमा सामेल गराउन शीर्ष नेता लागिपरेको बताएका छन् ।

मधेस आन्दोलनका जायज मागका सम्बोधन नगरे स्थानीय निकायको निर्वाचन असफल हुने भन्दै उनले संघीयता र सीमांकनको विषय टुंगो नलगाएसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको उनको भनाइ रहेको छ ।

प्रवक्ता शर्माले सरकारले कालो बजारीलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै नेपाल आयल निगम र सरोकारवालाले नै इन्धनको अभाव सिर्जना गरेको र सरकार मुकदर्शक मात्र बनेको बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment