बढ्यो पाटन दरबारमा पर्यटक

पर्यटन

images (2)एबिसि खबर
ललितपुर, १७ चैत । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा बाह्य एवम् आन्तरिक पर्यटकको चाप बढेको छ । गत वैशाख १२ गतेको भूकम्पले दरबारस्थित विभिन्न संरचना ध्वस्त भएपछि पर्यटक संख्यामा कमी आएको थियो । अंग्रेजी महिना मार्चको सुरुदेखि नै पर्यटकको उल्लेखनीय वृद्धि भएको पाटन संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए ।

उनका अनुसार दैनिक ५० जनाको हाराहारीमा बाह्य पर्यटक सङ्ग्रहालय, कृष्ण मन्दिर, भीमसेन मन्दिरलगायत अवलोकन गर्न आउने गरेको बताए । यसैगरी, आन्तरिक पर्यटकको समेत वृद्धि कायम रहेको उनको भनाइ छ । पर्यटक आगमनसँगै संग्रहालयको आम्दानी पनि वृद्धि भएको उनले जनाए । त्यहाँ आउने बाह्य पर्यटकले प्रतिव्यक्ति ४ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने उनको भनाइ छ ।

यसैगरी, आन्तरिक पर्यटकका लागि रु तीस रुपैयाँ शुल्क बुझाउनुपर्दछ । भूकम्पले सम्पदा सूचीमा परेको संरचना ध्वस्त बनाएपछि लामो समयको अन्तरालमा दरबार क्षेत्रको अवलोकन गर्न बढेको पर्यटकको आगमनले सकारात्मक सन्देश गएको उनले उल्लेख गरे । भूकम्पले दरबार क्षेत्रमा रहेको विश्वनाथ तथा चारनारायण मन्दिर पूर्णरूपमा ध्वस्त भएको थियो ।

Facebook Comments

Leave a Reply