वर्षमा एक पटक मिर्गाैला जाँचौ

images (1)एबिसि खबर
काठमाडौं, १७ चैत । राष्ट्रिय मिर्र्गाैला उपचार केन्द्रले कम्तीमा वर्षको एकचोटी अनिवार्य मृगौला जाँच गर्न आग्रह गरेको छ । ठूलो धनराशि खर्च हुनबाट जोगिन मृगौलाको परिक्षण गर्नु आवश्यक रहेको केन्द्रले जनाएको छ ।

हरेक वर्ष एकसय रुपैयाँ खर्च गरेर पिसाब र रगतको परीक्षण गरेमा मिर्गाैला रोगबाट जोगिन सकिने केन्द्रका प्रमुख सम्पर्क अधिकृत विमल न्यौपानेले बताए । रोगीले पाँचवटा चरणसम्म मिर्गाैलाको परीक्षण नगराई हेलचेक्र्याइँ गरेको अवस्थामा मात्र मिर्गाैला फेल हुने जानकारी दिए । उनले हरेक व्यक्तिले वर्षमा एकपटक पिसाबमा प्रोटिनको मात्रा तथा रगतमा क्रेटी–९ नामक तत्वको परीक्षण गर्नुृपर्छ । हरेक अस्पताल तथा क्लिनिकमा यो परीक्षण गर्न सकिने उनले बताए ।

हाल सिद्धार्थ वनस्थलीस्थित केन्द्रको मुख्य भवनमा ६ सय, तनहुँमा ३५, चितवनमा १५ र विराटनगरमा १२ जना बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । चितवनमा सोलारबाट डायलाइसिस गर्ने एसियाकै नमुना स्वास्थ्य केन्द्र रहेको छ । २०५२ सालमा स्थापित केन्द्रले सरकारको सहयोगमा मिर्गाैलाबाट पीडित विपन्न वर्गका नागरिकलाई दुई वर्षसम्मका लागि डायलाइसिस गर्न प्रत्येक पटकका लागि दुई हजार ५सयका दरले पाँच लाख २० हजारको सेवा उपलब्ध गराउने गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment