प्रहरी जवानले गरे आत्महत्या

एविसिखबर
मोरङ, १७ चैत । विराटनगर–१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी मंगलबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी गण मुकाम रानी दरबन्दी भएका माझी सिआरभीकै ब्यारेकमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

मोरङको लखन्तरी घर भएका माझी बिहान १०ः३० बजे सबै प्रहरी खाना खाएर ड्युटीमा गएपछि प्रहरी जवान माझी चुकुल लगाएर ब्यारेकभित्र पसेका थिए । पछि खोजी गर्दा ब्यारेक भित्रको पंखाको सिलिङमा डोरी लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment