इटहरीमा ज्योतिषहरु जुटे

समाचार

एविसि खबर

सुनसरी, १५ चैत । पुर्वि नेपालको सुन्दर नगर इटहरीमा नेपालका ज्योतिषहरु जुटेका छन् । नेपाल ज्योतिष परिषद्को १४ औँ राष्ट्रिय सम्मेलनले उनीहरुलाई जुट्ने अवसर दिलाएको हो ।

सम्मेलनको उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले ज्योतिष शास्त्रले मानव जीवनका विषयमा शास्त्रीय प्रमाण जुटाएर प्रतिफलमुखी निचोड समेत दिने बताए । उनले नेपाल ज्योतिष परिषद्लाई शास्त्रीय प्रमाण जुटाउने केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ५ सय बढी ज्योतिषको सहभागिता रहेको दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले जानकारी दिए । सोही अवसरमा एक दर्जनबढी ज्योतिषलाई सम्मान गरिएको थियो ।

Facebook Comments

Leave a Reply