चितुवाले मान्छे टोक्यो

समाचार

chituwaएविसि खबर
कावासोती, १५ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट सीतापुरमा निस्केको चितुवाले सातजनालाई घाइते बनाएको छ । आक्रमण परी घाइते हुनेमा नेपाली सेनाका जवानसहित सातजना रहेका छन् । आक्रमणबाट सेनाको भैरवी दल गण सेहरीका जवान कृष्ण थापा क्षेत्रीे, मध्यविन्दु नगरपालिका–२ सीतापुरका शुक्रराम घर्ती र टेकवहादुर थनेत, मध्यविन्दु नगरपालिका–४ लुशलहरीका दिवाकर महतो, कर्णबहादुर महतो, वुद्धवहादुर गिरी र केवलप्रसाद चौधरी घाइते भएका हुन् ।

आइतबार निकुञ्जबाट गाउँ पसेको चितुवाले केराबारीमा काम गरिरहेका स्थानीयलाई आक्रमण गरेको थियो । घाइते सातैजनाको अहिले मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भइरहेको छ ।

Facebook Comments

Leave a Reply