विद्यालयले निःशुल्क स्वास्थ्य शिविर

समाचार, समाज

एविसि खबर
सुनसरी, १५ चैत । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–२४ तरहरामा रहेको प्याराडाइज बोर्डिङ स्कुलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँचका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकका संस्था पिएसआरएसको प्राविधिक सहयोगमा विद्यालयले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सोही विद्यालयमा अध्ययनरत ३०० बढी बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो ।

चिकित्सक दिनेश घरेलको नेतृत्वमा आएको ४३ सदस्यीय चिकित्सक टोलीले विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरेको विद्यालयका प्रिन्सिपल दिलकुमार बनले जानकारी दिनुभयो । स्वास्थ्य जाँचका क्रममा विद्यार्थीमा कान नसुन्ने आँखाको दृष्टि कम देख्ने कुपोषणलगायतका रोग फेला परेको बताइएको छ

Facebook Comments

Leave a Reply