इशा लावतीको ‘भेटैमा भयो’ सार्वजनिक (भिडियो सहित)

1901291_545424482300091_6164070792379967635_nएविसिखबर
काठमाडौं, १४ चैत । वैदेशिक रोजगारको शिलशिलामा इजरायल पुगेका इशा लावतीको शब्द रचनामा रहेको पुर्वेली लोक भाकामा रहेको गीत सार्वजनिक भएको छ । रोजगारीको शिलशिलामा विदेशमा रहेकी लावतीले आफ्नो लेखनलाई व्यस्तताबीच पनि संरक्षण गर्दै लिम्बु समुदायको मौलिक संस्कृति संरक्षणका शब्द मार्फत गीतलाई लेखेकी छन् ।

उनको पछिल्लो ‘भेटैमा भयो’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । उनको शब्दमाथी अशोक लोहोरुङको संगीत गरेका छन् । भने चर्चित गायक राजेश पायल राईले स्वर दिएका छन् । भर्खरै सार्वजनिक भएको उनको यस गीतको म्युजिक भिडियोमा हरीराज खिम्दुङ र बविता फोम्बोले अभिनय गरेका छन् ।

Untitled-1

उक्त म्युजिक भिडियो निर्देशन लोकेन सावां लिम्बुले गरेका छन् भने छाँयाकंन अर्जुन तिवार तथा सम्पादन निशान घिमिरेले गरेका हुन् ।

भिडियो हेर्नुहोस …

Facebook Comments

सम्बन्धित

Leave a Comment