पर्यटन प्रवद्र्धनका लागि घोडा दौड

एविसि खबर
पोखरा, १३ चैत । खेल पर्यटनको प्रवद्र्धन एवं विकासका लागि आगामी ११ वैशाखदेखि १५ सम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवं प्रदर्शनी हुने भएको छ । पोखरामा शुक्रबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा सो कुराका जानकारी गराइएको हो ।

नेपाल घोडचढी संघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल घोडचढी संघका अध्यक्ष लोकजंग लामाले खेल पर्यटनलाई लक्षित गरी घोडा दौड एवं प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । पोखराको पर्यटनको विकासका लागि घोडचढी पर्यटन पनि एउटा महत्वपूर्ण पाटो बन्न सक्ने बताउँदै उनले घोडाको ट्रेकिङ ट्रेलसमेत निर्माण गरी पर्यटकलाई आकर्षण गर्न सकिने धारणा राखे ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले साहसिक पर्यटनका लागि पोखराको पहिचान कायम गर्दै साहसिक पर्यटनका रूपमा घोडचढी पर्यटनलाई अघि बढाउन सकिने उल्लेख गरे । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका उपाध्यक्ष चौबहादुर गुरुङले खेल पर्यटनले पछिल्ला समयमा चासो र चर्चा पाइरहेको बताउँदै घोडचढी पर्यटन पनि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष मीनराज काफ्ले, नेपाल पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल, वातावरण तथा सामाज सुधार समितिका अध्यक्ष राजन पौडेल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख राकेश प्रजापति, नेपाल पशु स्वास्थ्य प्राविधिक संघका महासचिव सुरेश श्रेष्ठलगायतले पोखराको साहसिक पर्यटनमा घोढचढी पर्यटनलाई पनि विकास गर्न सकिने भएकाले यसको प्रचारप्रसार अपरिहार्य भएको बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment